२०८३, कार्तिक १५ गते

शनिवार, कार्तिक १५ गते २०८३

जाजरकोट भूकम्प प्रभावितका लागि गोरखाका स्थानीय तहले १२ लाख प्रदान गर्ने

जाजरकोट भूकम्प प्रभावितका लागि गोरखाका स्थानीय तहले १२ लाख प्रदान गर्ने

गण्डकी टाइम्स
बिहिवार, कार्तिक ३० २०८०
गण्डकी टाइम्स
बिहिवार, कार्तिक ३० २०८०
  • गोरखा, ३० कात्तिक । गोरखाका पालिकाहरूले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरूका लागि आर्थिक सहयोग गर्ने भएका छन् । भूकम्प प्रभावितको पुनर्स्थापनामा सहयोग हुने गरि आर्थिक सहायता उपलब्ध गराउन लागिएको गोरखा नगरपालिका प्रमुख कृष्ण राना मगरले बताए । जिल्लामा रहेका ११ वटा पालिका मध्य ९ वटा गाउँपालिकाबाट एक/एक लाख र दुई वटा नगरपालिकाबाट एक लाख पचास हजारका दरले तीन लाख गरी कूल १२ लाख उपलब्ध गराउने निर्णय भएको जिल्ला समन्वय समितिका प्रमुख मोहन बहादुर थापा मगरले बताए । जिल्ला समन्वय समितिले पालिकाहरूबाट रकम सङ्कलन गरी सम्बन्धित जिल्लाको विपद् व्यवस्थापन कोषमा पठाउने जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले निर्णय गरेको हो । भूकम्प प्रभावित जाजरकोट र पश्चिम रुकुममा भूकम्प प्रभावितका लागि सहयोग सङ्कलन र वितरण एकद्धार प्रणाली अन्तर्गत भइरहेकाले जिल्लाबाट पनि सोही अनुसार सहयोग रकम हस्तान्तरण गरिने प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij