प्रधानमन्त्री प्रचण्डले अहिले साझा ‘ग्लोबल साउथ समिट’लाई सम्बोधन गर्ने
प्रधानमन्त्री प्रचण्डले अहिले साझा ‘ग्लोबल साउथ समिट’लाई सम्बोधन गर्ने
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, १ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (शुक्रबार) दोस्रो ‘भ्वाइस अफ ग्लोबल साउथ समिट’लाई सम्बोधन गर्ने भएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजना गरेको सो सम्मेलनलाई उनले ‘भर्चुअल’ रूपमा सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । सो सम्मेलनलाई भारतीय प्रधानमन्त्री मोदीलगायत विभिन्न देशका सरकार प्रमुखले सम्बोधन गर्ने कार्यक्रम छ ।
उक्त सम्मेलनको मुख्य विषय ‘विश्वव्यापी दक्षिण : भविष्यका लागि सहकार्य’ रहेको छ ।
प्रतिक्रिया