२०८३, कार्तिक १५ गते

शनिवार, कार्तिक १५ गते २०८३

कसले गर्यो राणा शासनभन्दा कडा अधिनायकवादी निर्णय ?

कसले गर्यो राणा शासनभन्दा कडा अधिनायकवादी निर्णय ?

गण्डकी टाइम्स
शनिवार, मंसिर १६ २०८०
गण्डकी टाइम्स
शनिवार, मंसिर १६ २०८०
  • काठमाडौँ, १७ मंसिर । नेपाल सरकार स्वास्थ्य मन्त्रालय मातहतका एक चिकित्सक यतिखेर आफ्ना विभागीय मन्त्रीका क्रियाकलापलाई लिएर सामाजिक सञ्जालमा आक्रोश पोखेका कारण चर्चामा छन्। वीर अस्पतालको निर्देशकबाट हटाइएका डा सन्तोष पौडेलले स्वास्थ्य मन्त्रालयको निर्णयलाई उनले राणा शासनभन्दा पनि कडा अधिनायकवादी भनेर टिप्पणी गरेका छन्। उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘अधिनायक तत्कालीन राजा ज्ञानेन्द्र शाहले शेरबहादुर देउवालाई प्रमबाट हटाउँटा ‘निर्वाचन गराउन नसकेको, अक्षम’ भन्ने आरोप लगाएर हटाएको इतिहास छ। दुई वर्षको अवधि तोकी नियुक्ति पाएको मलाई त राजनीतिक आस्थाका आधारमा निर्देशकबाट हटाएको मात्र हैन, हाडजोर्नीको विशेषज्ञ सर्जनलाई मन्त्रालयमा तानियो! यो राणा शासनभन्दा कडा अधिनयकवाद हो।’ अगाडि उनले थपेका छन्, ‘विधिको शासनको रट लगाएर नथाक्ने नेपाली कांग्रेसका मन्त्रीको यो हर्कतबाट लोकतन्त्र लजाएको छ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij