२०८३, कार्तिक १५ गते

शनिवार, कार्तिक १५ गते २०८३

जनता ठग्ने सहकारी सञ्चालकमाथि कारबाही गर्ने गृहमन्त्री श्रेष्ठको प्रतिवद्धता

जनता ठग्ने सहकारी सञ्चालकमाथि कारबाही गर्ने गृहमन्त्री श्रेष्ठको प्रतिवद्धता

गण्डकी टाइम्स
सोमवार, माघ ८ २०८०
गण्डकी टाइम्स
सोमवार, माघ ८ २०८०
  • काठमाडौँ, ८ माघ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनता ठग्ने सहकारी सञ्चालकमाथि कारबाही गरेरैछाड्ने बताउनुभएको छ। गृहमन्त्री श्रेष्ठले वित्तीय अपराधलाई नियन्त्रणमा लिन कानुनी र संस्थागत प्रबन्ध गर्नु आवश्यक समेत उल्लेख गर्नुभयो । महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आज आयोजित अपराध अनुसन्धान समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले पछिल्लो समय वित्तीय अपराधको अनुसन्धानका निम्ति आवश्यक कानुनी र संस्थागत व्यवस्थाको प्रबन्ध गर्ने, प्रविधि र दक्ष जनशक्तिको विकास गरेर कारबाहीको दायरामा ल्याइने स्पस्ट पार्नुभयो । खर्बौं रकमको ‘डिलिङ’ क्रिप्टोमार्फत भइरहेको सूचना सरकारसंग रहेको उल्लेख गर्दै गृहमन्त्री श्रेष्ठले सरकारले त्यसलाई कुनै हालतमा नियन्त्रण गर्ने बताउनुभयो । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले ठूल्ठूला अपराधकर्ममा क्रिप्टोकरेन्सीको प्रयोग भइरहेको र हालैको सुन काण्डमा पनि क्रिप्टोको प्रयोग भएको देखिएको भन्दै सरकारले यस्तो अपराधलाई नियन्त्रण गर्न कुनै कसर बाकि नराख्ने स्पस्ट पार्नुभयो। सहकारी आफ्नो मूल मर्मबाट विचलित भएर वित्तीय संस्थाका रुपमा परिणत हुनुले समाजमा वित्तीय अपराध र ठगी बढ्दै गएको बताउदै सहकारी ठगीलाई नियन्त्रण गर्न सरकारले कानुन निर्माण गर्ने तयारी गरेको गृहमन्त्री नारायणकाजी श्रेष्ठ भनाइ छ । सहकारीका सञ्चालकले मनपरी गरेर बचतकर्तालाई ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको उल्लेख गर्दै गृहमन्त्री श्रेष्ठले त्यस्ता सहकारीका कारोबारका बारेमा चाँडै अनुसन्धान थालिने जानकारी दिनुभयो । गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराध कर्म तथा ठगीमा संलग्न सहकारी सञ्चालकलाई कारबाही तथा बचतकर्तालाई न्याय दिने प्रक्रिया अघि बढेको बताउनुभयो । गृहमन्त्री श्रेष्ठले सरकारले बचतकर्तालाई न्याय दिने उल्लेख गर्दै सहकारीलाई अर्थतन्त्रको मेरुदण्डका रुपमा अघि बढाइनेछ बताउनुभयो। ०००

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij