२०८३, कार्तिक १५ गते

शनिवार, कार्तिक १५ गते २०८३

श्रेष्ठले पाए ‘एपीएफ लाइफ टाइम अचिभमेन्ट अवार्ड’, शाहलाई ‘उत्कृष्ट बाहिनी अवार्ड’

श्रेष्ठले पाए ‘एपीएफ लाइफ टाइम अचिभमेन्ट अवार्ड’, शाहलाई ‘उत्कृष्ट बाहिनी अवार्ड’

गण्डकी टाइम्स
मंगलवार, माघ ९ २०८०
गण्डकी टाइम्स
मंगलवार, माघ ९ २०८०
  • काठमाडौं, ९ माघ । अवकाश प्राप्त सशस्त्र प्रहरी नायव महानिरीक्षक दिलीपकुमार श्रेष्ठले ‘एपीएफ लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्राप्त गरेका छन् । यसैगरी यस वर्षकै उत्कृष्ट बाहिनी हुन सफल सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाहले ‘उत्कृष्ट बाहिनी अवार्ड’ प्राप्त गरे । मंगलबार स्वयम्भूस्थित सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोकमा आयोजित ‘२३औँ सशस्त्र प्रहरी दिवस’ विशेष सन्ध्याकालीन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीहरूलाई अवार्ड प्रदान गरेका हुन् । समारोहमा प्रधानमन्त्री प्रचण्डले सशस्त्र प्रहरी बलले २०६४ सालको निर्वाचनमा निभाएको नेतृत्वदायी भूमिका तथा २०७०, २०७४ र २०७९ सालमा सम्पन्न तीनै तहको निर्वाचन निष्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न गराउन खेलेको भूमिकाको प्रशंसा गरे । उनले २०७२ सालको महाभूकम्प तथा पछिल्लो समय बझाङ, जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्पलगायत विभिन्न समयमा घटेका प्राकृतिक तथा मानव सिर्जित विपद्‌मा खटिएर जनताको जीवनरक्षामा पुर्‍याएको योगदानको प्रशंसा गर्दै भविष्यमा समेत थप प्रभावकारी कार्यसम्पादन गर्ने विश्वास व्यक्त गरे । उनले नेपालको सीमा सुरक्षार्थ समर्पित फौजको रूपमा हिमालदेखि तराईसम्मका कठिन भौगोलिक तथा वातावरणीय प्रतिकूलताका बाबजुद राष्ट्रसेवाको भावनासहित कार्यक्षेत्रमा परिचालित सशस्त्र प्रहरी बल राष्ट्रसेवकहरूको योगदान धेरै नै महत्त्वपूर्ण रहेको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij