एमाले पोलिटब्युरोबाट उमेर हद र कार्यकालको सीमा हटाउने प्रस्ताव पारित
एमाले पोलिटब्युरोबाट उमेर हद र कार्यकालको सीमा हटाउने प्रस्ताव पारित
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौँ, ३ साउन। नेकपा एमालेले विधानमा प्रस्तावित ७० बर्षे उमेर हद र दुई कार्यकाल हटाउने प्रस्ताव पोलिटब्युरो बैठकले स्वीकृत गरेको छ। शनिबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बसेको पोलिटब्युरो बैठकले उक्त निर्णय गरेको हो।
पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केन्द्रीय सचिवालयबाट प्रस्तुत गरिएको विधान संशोधनसम्बन्धी प्रस्तावलाई पोलिटब्युरो बैठकले सर्वसम्मतिले स्वीकार गरेको बताए। बैठकमा ६८ जना पोलिटब्युरो सदस्यहरुले धारणा राखेको र जिल्ला, प्रदेश र स्थानीय कमिटीलाई कार्यकारी हुने व्यवस्था अघि सारेको उनको भनाइ छ ।
प्रतिक्रिया