धामीले नबस्न भनेकाले आफुहरुले गाउँ छाडेको हायू परिवारको भनाइ
धामीले नबस्न भनेकाले आफुहरुले गाउँ छाडेको हायू परिवारको भनाइ
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौँ, १३ साउन । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट थाकथलो छाडेर हिडेका १६ जना परिवारका सदस्य सोमबार बेलुका पोखरामा भेटिएका छन्। उर्मिला हायूको परिवारका सदस्यहरु किन आफ्नो गाउँ छोडेर गए भन्ने बारे प्रहरीले नयाँ खुलासा गरेको छ।
प्रहरीका अनुसार हायू परिवार घरमा केटाकेटी बिरामी पारिराख्ने र धामीले पनि नबस्न भनेकाले आफुहरुले गाउँ छाडेको बताएका छन्। उनीहरूका बारेमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
उर्मिलासहित उनका परिवारका १६ पोखरा महानगरपालिका–३० गगनगौडामा भेटिएका थिए । उनीहरू गगनगौडास्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा कोठा भाडामा लिएर बसेका अवस्थामा प्रहरीले फेलापारेको सिसुवा इलाका प्रहरी कार्यालयका प्रमुख श्रवण विकले जानकारी दिए ।
प्रतिक्रिया