रुसमा ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प
रुसमा ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौँ, १४ साउन । रुसमा ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । सुदूरपूर्वी तटमा गएको उक्त भूकम्पको क्षतिको विवरण भने अहिलेसम्म आएको छैन । साथै, भूकम्पपछि सुनामी आउन सक्ने चेतावनी दिइएको छ ।
अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था यूएसजीएसका अनुसार भूकम्पको तीव्रता ८ म्याग्निच्युड अनुमान गरिएको भएपनि ८.७ पुष्टि गरिएको हो । अन्तर्राष्टिय सञ्चार माध्यमहरुका अनुसार रुसको पेट्रोपाभ्लोभ्स्क–काम्चात्स्की सहरबाट करिब १३६ किलोमिटर भूकम्प आएको हो । भूकम्प १९ किलोमिटर गहिराइमा आएको छ।
स्थानीय सरकारले सुनामीको चेतावनी दिँदै सुरक्षित रहन आग्रह गरेको छ । काम्चात्का प्रायद्वीपमा सुनामीको आउन सक्ने भन्दै गभर्नर भ्लादिमिर सोलोदोभले स्थानीयलाई तटीय क्षेत्रहरूबाट टाढा रहन आग्रह गरेका छन् ।
प्रतिक्रिया