रुस हाइपरसोनिक ओरेस्निक मिसाइल सेवामा प्रवेश गरेको पुटिनको घोषणा
रुस हाइपरसोनिक ओरेस्निक मिसाइल सेवामा प्रवेश गरेको पुटिनको घोषणा
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, १७ साउन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार रुसले आफ्नो नवीनतम हाइपरसोनिक मिसाइलको उत्पादन सुरु गरेको बताएका छन् । उनले यसलाई सहयोगी राष्ट्र बेलारुसमा यस वर्षको अन्त्यसम्म तैनाथ गर्ने योजना रहेको पुष्टि गरेका छन् ।
सेन्ट पिटर्सबर्गनजिकैको भालाम टापुमा बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोसँगै बसेर सेनाले बेलारुसमा ओरेस्निक मध्य–दूरीको ब्यालिस्टिक मिसाइल तैनाथ गर्न स्थानहरू छनोट गरिसकेको पुटिनले बताएको सीएनएनले जनाएको छ ।
के हो ओरेस्निक ?
रुसले पहिलोपटक नोभेम्बरमा युक्रेनविरुद्ध ओरेस्निक प्रयोग गरेको थियो । यो प्रयोगात्मक हतियार ड्निप्रोमा रहेको एक कारखानामा प्रहार गरिएको थियो । उक्त कारखाना जुन युक्रेन सोभियत संघको हिस्सा हुँदा मिसाइल बनाउने स्थान (कारखाना) थियो । ओरेस्निकको रुसी अर्थ हेजलनट रूख हो ।
पुटिनले ओरेस्निकको क्षमताको प्रशंसा गर्दै यसका बहु–वारहेडहरू म्याक १० को गतिमा लक्ष्यतर्फ झर्ने बताएका छनु । यसलाई अवरोध गर्न असम्भव रहेको र परम्परागत हमलामा शक्तिशाली यिनको केही प्रयोगले परमाणु हमलाजस्तै विनाशकारी हुनसक्ने बताए ।
उनले किभलाई रुसभित्र हमला गर्न लामो दूरीका मिसाइलहरू प्रयोग गर्न अनुमति दिएका पश्चिमलाई मस्कोले युक्रेनका नेटो सहयोगीहरूविरुद्ध यो मिसाइल प्रयोग गर्नसक्ने चेतावनी दिए ।
प्रतिक्रिया