२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

राजनीति छोड्ने कमला ह्यारिसको घोषणा

राजनीति छोड्ने कमला ह्यारिसको घोषणा

गण्डकी टाइम्स
शनिवार, श्रावण १७ २०८२
गण्डकी टाइम्स
शनिवार, श्रावण १७ २०८२
  • काठमाडौँ। अमेरिकी पूर्वउपराष्ट्रपति कमला ह्यारिसले राजनीति छोड्ने घोषणा गरेकी छिन् । 'द लेट शो विथ स्टीफन कोल्बर्ट'मा एक अन्तर्वार्तामा उनले अब क्यालिफोर्नियाको गभर्नर पदसहित कुनै पनि राजनीतिक पदको लागि उम्मेदवार नहुने घोषणा गरेकी हुन् । 'अमेरिकाको राजनीतिक प्रणाली भाँचिएको छ र म लोकतान्त्रिक मूल्यमान्यताहरूको रक्षा गर्न पर्याप्त बलियो छैन,' उनले भनिन् । उनले आफ्नो करियरभरि जनताको सेवा गरेको बताइन् । 'मैले गभर्नर बन्ने बारेमा धेरै सोचें । मलाई मेरो क्यालिफोर्निया राज्य मन पर्छ, तर अब मलाई लाग्छ कि प्रणालीमा परिवर्तन ल्याउने मेरो क्षमता घटेको छ,' उनले भनिन् । २०२४ को राष्ट्रपति चुनावमा कमला ह्यारिस डोनाल्ड ट्रम्पसँग हारेकी थिइन् । ट्रम्पले ३१२ मतका साथ राष्ट्रपति चुनावको इलेक्टोरल कलेज जित्दा रिसले २२६ मत पाइन् । कमलाले १९९० मा जिल्ला न्यायाधिवक्ताको रूपमा आफ्नो राजनीतिक करियर शुरू गरेकी थिइन् । उनी जिल्ला न्यायाधिवक्ताबाट राज्य न्यायाधिवक्ता र त्यसपछि सिनेट सम्म पुगिन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij