२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

ऐना पहरामा बस दुर्घटना, ५ जना घाइते

ऐना पहरामा बस दुर्घटना, ५ जना घाइते

गण्डकी टाइम्स
आइतवार, श्रावण १८ २०८२
गण्डकी टाइम्स
आइतवार, श्रावण १८ २०८२
  • काठमाडौं, १८ साउन । गोरखा-चितवन चल्ने बस तनहुँको आँबुखैरेनी गाउँपालिका २ ऐना पहरा क्षेत्रमा आज दिउँसो दुर्घटनामा परेको छ। ग २ ख १०७७ नम्बरको बस दुर्घटनामा परेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाले बताए। बस रोकेर केही यात्रु ऐना पहरा घुम्न गएका थिए भने केही यात्रु बसभित्रै थिए। बस पार्किङबाट स्टार्ट गरी सडकमा ल्याउन लाग्दा हुत्तिएर सडकबाट केही मिटर तल खसेको हो। दुर्घटनामा चालकसहित ५ जना यात्रु घाइते भएका छन्। यो बस गोरखाबाट चितवन कि चितवनबाट गोरखा जाँदै थियो यकिन भइसकेको छैन। प्रहरीहरूले पनि फरक फरक विवरण उपलब्ध गराएका छन्। घाइतेहरूलाई आँबुखैरेनीस्थित अस्पतालमा उपचारका लागि लगिएको छ। घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन्। ऐना पहरा क्षेत्रमा यसअघि पनि पटकपटक दुर्घटना भएको थियो। तस्बिर: प्रकाश श्रेष्ठ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij