२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

दुधपोखरीमा नुहाउने क्रममा १८ वर्षीय किशोर बेपत्ता

दुधपोखरीमा नुहाउने क्रममा १८ वर्षीय किशोर बेपत्ता

गण्डकी टाइम्स
आइतवार, श्रावण २५ २०८२
गण्डकी टाइम्स
आइतवार, श्रावण २५ २०८२
  • लमजुङ, २६ साउन। लमजुङ, कास्की र मनाङको सिमानामा रहेको दुधपोखरीमा नुहाउने क्रममा एक किशोर बेपत्ता भएका छन्। पाँच हजार तीनसय मिटर उचाइमा रहेको दुधपोखरीमा जनैपूर्णिमाको दिन नुहाउन गएका लमजुङको क्व्होलासोथार गाउँपालिका–४ भुजुङका १८ वर्षीय मनोज गुरुङ बेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार गुरुङ शनिबार बिहान साथीसँगै दुधपोखरीमा नुहाउन गएका थिए। पोखरीको छेउबाट पौडी खेल्दै बिचतिर गएपछि उनी हराएका साथीहरूले बताएका छन्। उनी नौ जना साथीहरूसँगै शुक्रबार राति थुर्जुमा बास बसेर शनिबार बिहान पोखरीतर्फ गएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij