ट्रम्प र पुटिन किन अलास्कामानै भेट्दैछन् ?
ट्रम्प र पुटिन किन अलास्कामानै भेट्दैछन् ?
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौँ, ३० साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन ऐतिहासिक दृष्टिले विशेष मानिने अमेरिकी राज्य अलास्कामा भेट गर्ने भएका छन्। अलास्का सन् १८६७ सम्म रूसको स्वामित्वमा थियो। त्यस वर्ष अमेरिका सरकारले यसलाई रूसबाट खरिद गर्यो र सन् १९५९ मा अमेरिकी राज्यको रूपमा मान्यता पायो।
रूसी राष्ट्रपति पुटिनका सहयोगी युरी उशाकोभका अनुसार अलास्का दुवै मुलुकबीच भेटका लागि “तार्किक” स्थान हो, किनकि अमेरिका र रूसलाई केवल बेरिङ जलडमरूमध्यले छुट्याउँछ।
ट्रम्प–पुटिन भेट अलास्काको सबैभन्दा ठूलो सहर एन्करेजमा हुने भएको छ। जुन राज्यको दक्षिणी भागमा अवस्थित छ।
-बीबीसी
प्रतिक्रिया