देशकै सर्वोत्कृष्ट गाउँपालिका अध्यक्ष बनेका विवेकलाई अध्यक्ष प्रचण्डको बधाई
देशकै सर्वोत्कृष्ट गाउँपालिका अध्यक्ष बनेका विवेकलाई अध्यक्ष प्रचण्डको बधाई
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, १० भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धादिङको बेनीघाट रोराङ गाउँपालिकालाई स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) २०८०/८१ मा ९१.७५ अङ्क प्राप्त गरी लगातार दोस्रो पटक प्रथम भएकोमा बधाई दिएका छन्।
गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया ‘विवेक’को नेतृत्वमा बेनीघाट रोराङले स्थानीय सरकारको कार्यसम्पादन, पारदर्शिता र सेवा प्रवाहमा उत्कृष्ट प्रदर्शन गर्दै यो उपलब्धि हासिल गरेको हो। प्रचण्डले गाउँपालिकाको यो सफलताले स्थानीय शासन प्रणालीलाई थप सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरे।
अध्यक्ष थपलियाले यो उपलब्धिलाई टिमवर्क र समुदायको सहयोगको परिणाम बताउँदै आगामी दिनमा पनि उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रतिक्रिया