२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

ऐतिहासिक क्षण : पहिलो पटक एउटै मञ्चमा किम, पुटिन र सी

ऐतिहासिक क्षण : पहिलो पटक एउटै मञ्चमा किम, पुटिन र सी

गण्डकी टाइम्स
मंगलवार, भाद्र १७ २०८२
गण्डकी टाइम्स
मंगलवार, भाद्र १७ २०८२
  • काठमाडौँ, १८ भदौ। विश्व राजनीतिको समीकरणलाई नयाँ मोड दिने गरी उत्तर कोरियाली नेता किम जोङ–उन, चिनियाँ राष्ट्रपति सी जिनपिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन पहिलो पटक एउटै मञ्चमा देखिएका छन्। दोस्रो विश्वयुद्ध अन्त्यको ८० वर्ष पुगेको अवसरमा चीनले राजधानी बेइजिङको तियानआनमेन स्क्वायरमा भव्य सैन्य परेड आयोजना गरेको थियो। सो परेडमा तीनै नेताले काँधमा काँध मिलाएर अगाडि बढेको दृश्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले ‘ऐतिहासिक’ भन्दै व्यापक रूपमा प्रकाशन गरेका छन्। अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार यी तीन नेताको यस्तो संयुक्त उपस्थिति यसअघि कहिल्यै देखिएको थिएन। चीनको सबैभन्दा ठूलो सैन्य परेड हजारौं सैनिकहरूको सहभागिता रहेको परेडमा शक्तिशाली र अत्याधुनिक हतियारहरू प्रदर्शन गरियो। दोस्रो विश्वयुद्ध समाप्तिको अवसरमा चीनले आयोजना गरेको यो अहिलेसम्मकै ठूलो परेड मानिएको छ। उच्चस्तरीय सहभागिता समारोहमा एशियाका थुप्रै राष्ट्रप्रमुखहरू उपस्थित थिए। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफ, इरानका राष्ट्रपति मसउद पेजेश्कियन, मंगोलियाका राष्ट्रपति उखनागिन खुरेल्सुख, इन्डोनेशियाका राष्ट्रपति प्रबोवो सुबियान्तो लगायत काजाकस्तान, उज्बेकिस्तान, ताजिकिस्तान र किर्गिस्तानका नेताहरू पनि सहभागी भए। युरोपतर्फबाट केवल स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको र सर्बियाका राष्ट्रपति एलेक्जान्डर भुचिच उपस्थित भए भने, क्युबाका राष्ट्रपति मिगेल डियाज–कानेल, माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु लगायत अफ्रिका र क्यारेबियन मुलुकका नेताहरूले पनि उपस्थिति जनाए। चीन–उत्तर कोरिया सम्बन्धको संकेत पछिल्ला वर्षमा चीन–उत्तर कोरिया सम्बन्ध चिसिएको आकलन भइरहेका बेला सी जिनपिङको विशेष निमन्त्रणामा किम जोङ–उन बुलेटप्रुफ रेलमार्ग हुँदै चीन पुगेका थिए। यसले दुबै देशबीच पुनः निकटताको संकेत दिएको विश्लेषण भइरहेका छन्। युक्रेन युद्धपछिको सन्दर्भमा उत्तर कोरियाले रूसलाई हतियार र सैन्य सहयोग पुर्‍याउँदै आएको अवस्थामा, तीन नेताको यस्तो भेटलाई भू–राजनीतिक दृष्टिले महत्वपूर्ण मानिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij