२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

नरसंहारकारी सरकारले बोलाएको बैठकमा जाँदैनौँ : लिङ्देन

नरसंहारकारी सरकारले बोलाएको बैठकमा जाँदैनौँ : लिङ्देन

गण्डकी टाइम्स
मंगलवार, भाद्र २४ २०८२
गण्डकी टाइम्स
मंगलवार, भाद्र २४ २०८२
  • काठमाडौँ, २४ भदौ। राप्रपा प्रधानमन्त्री केपी शर्र्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा नजाने भएको छ। परिस्थितिबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बेलुका ६ बजे सर्र्वदलीय बैठक बोलाएका छन्। उक्त बैठकमा आफ्नो पार्टी सहभागी नहुने राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जनाएका हुन्। उनले सामाजिक सञ्जालबाट भने, ‘नरसंहारको जिम्मेवार सरकारले बोलाएको कुनै पनि प्रकारको बैठकमा राप्रपा सहभागी हुँदैन।’ उनले अहिलेको सरकार संविधान र संसदको औचित्य सकिएको समेत टिप्पणी गरेका छन्। लिङ्देनले भने, ‘वर्तमान सरकार, संसद र संविधानको औचित्य समाप्त भयो। अबको एकमात्र विकल्पस् जेन्जी पुस्ताको माँगको सम्बोधन र नवीन समझदारी।’​

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij