६ महिनामा चुनाव हुँदैन, संविधान र सांसदलाई समाप्त गर्ने कार्य अस्वीकार्य: एकिकृत समाजवादी
६ महिनामा चुनाव हुँदैन, संविधान र सांसदलाई समाप्त गर्ने कार्य अस्वीकार्य: एकिकृत समाजवादी
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौँ, २७ भदौ। नेकपा एकीकृत समाजवादीले संविधान र संसद्लाई समाप्त गर्ने कार्य अस्वीकार्य भएको बताएको छ । सुशीला कार्की प्रधानमन्त्री भएसँगै संसद् विघटन गर्ने सहमति भएपछि एकीकृत समाजवादी विरोधमा उत्रिएको हो।
नेकपा एसका उपाध्यक्ष जगन्नाथ खतिवडाले भने, , ‘ संविधानलाई तोडमोड गरी प्रधानमन्त्री चयन गर्ने र जननिर्वाचित संसद्लाई भङ्ग गरी राजनीतिक शून्यता सिर्जना गर्ने कार्यले न लोकतन्त्र बलियो हुन्छ न संविधानकै रक्षा हुन्छ।’ उनले ६ महिना भित्रमा आम निर्वाचन कुनै हालतमा हुन नसक्ने दाबी गरे।
उनले थपे, , ‘ अब देश फेरि नयाँ राजनीतिक द्वन्द्वको चरणमा प्रवेश गरेको छ। आन्दोलन सुरु गर्दा जेन जीले संसद भङ्ग गर्ने माग राखेको थिएन। उनीहरूलाई देखाएर अरूले नै रोटी सेकेका छन् । संविधान मिच्ने काम सुरु भयो, संसद नभएपछि संविधान च्यात्ने काम पनि सुरु हुन्छ। न शान्ति न विकास न सुशासनको अवस्था सिर्जना हुन लाग्दै छ।’
प्रतिक्रिया