केन्द्रीय समिति बिघटन गर्न माओवादी केन्द्रले असोज ९ गतेलाई बोलायो केन्द्रीय समिति बैठक
केन्द्रीय समिति बिघटन गर्न माओवादी केन्द्रले असोज ९ गतेलाई बोलायो केन्द्रीय समिति बैठक
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, ६ असोज । नेकपा (माओवादी केन्द्र)ले पार्टी पुनर्संरचनाका लागि असोज ९ गते केन्द्रीय समिति बैठक बोलाएको छ। अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गर्न केन्द्रीय समिति विघटन गर्ने प्रस्ताव बैठकमा लैजाने निर्णय भएको छ।
आइतबार बसेको पदाधिकारी बैठकमा यो प्रस्ताव पारित भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। उनका अनुसार असोज ८ गते स्थायी समिति र ९ गते केन्द्रीय समिति बैठक बस्नेछ।
पेरिसडाँडामा बिहान २ बजेदेखि बसेको पदाधिकारी बैठकमा प्रचण्डले समसामयिक विषयमा विस्तृत धारणा राखेका थिए। नेतृत्व चयन र पार्टीको भावी रणनीतिबारे पनि केन्द्रीय समिति बैठकमा छलफल हुनेछ।
प्रतिक्रिया