माओवादी पार्टी विघटन गरी पुनर्निर्माण गर्नुपर्छ : राम कार्की
माओवादी पार्टी विघटन गरी पुनर्निर्माण गर्नुपर्छ : राम कार्की
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, १० असोज । नेकपा (माओवादी) का सचिव राम कार्कीले पार्टी जलेका घरजस्तै मर्मत नहुने अवस्थामा पुगेको भन्दै विघटन गरी पुनर्निर्माण गर्नुपर्ने धारणा राखेका छन्।
केन्द्रीय समिति बैठकमा शुक्रबार आफ्नो विचार राख्दै उनले भने, 'अब यी पुराना पार्टीहरूले थेग्न सक्दैनन्, अगाडि बढ्न सक्दैनन्। प्रदेश अध्यक्षहरूको संयोजन समिति बनाएर पार्टीलाई विघटन गरौँ र नयाँ सिरेबाट नयाँ पार्टी निर्माण गरौँ।'
उनले पार्टी र जनताबीच बढ्दै गएको दूरी अहिलेको विस्फोटको मूल कारण भएको बताए । 'हाम्रा पार्टीहरूले प्रतिनिधित्व गर्ने दाबी गर्ने वर्ग र वास्तवमा त्यो वर्गबीच ठूलो फल्ट लाइन बनेको छ। त्यही असन्तोषको इन्धनले अहिलेको विस्फोट निम्त्याएको हो,' उनले भने ।
कार्कीले माओवादी नेतृत्वले जनयुद्धपछिको १५–२० वर्ष उदारवादी, नोकरशाही पुँजीवादी व्यवस्थाभित्रै वेलफेयर स्टेट र समाजवादको सपना देखाएर समय गुमाएको आरोप लगाए। उनले भने, 'यो सिस्टम भित्र समाजवाद बन्दैन, वेलफेयर स्टेट पनि बन्दैन। तर नेतृत्वले नयाँ बाटो लिन सकेन, पुरानो अर्डरमै रमायो।'
प्रतिक्रिया