विपिन जोशी बन्धक बनेको भिडियो क्लिप आज राति १०ः४० बजे सार्वजनिक हुँदै
विपिन जोशी बन्धक बनेको भिडियो क्लिप आज राति १०ः४० बजे सार्वजनिक हुँदै
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौँ, २२ असोज। इजरायलमा कृषि अध्ययनका क्रममा रहेका नेपाली बिपिन जोशीलाई हमासले अपहरण गरेको करिब दुई वर्षपछि उनको “जीवनको संकेत” सार्वजनिक भएको छ। जोशीको परिवारले आज एक स्थिर तस्बिर सार्वजनिक गर्न स्वीकृति दिएको हो। जुन उनको अपहरणपछि गाजामा खिचिएको रेकर्डिङको अंश हो।
झन्डै ३० सेकेन्ड लामो भिडियो इजरायली समय अनुसार आज बेलुका ७:५५ बजे (नेपालको राती १०ः४० बजे)सार्वजनिक गरिने बताइएको छ। उक्त भिडियो इजरायली सेनाले प्राप्त गरेको हो।
परिवारले जारी गरेको विज्ञप्तिमा भनिएको छ — “आज हामीले सार्वजनिक गर्न लागेको यो गाजाबाट प्राप्त जीवनको संकेतले बिपिन जीवित छन् भन्ने हाम्रो दृढ विश्वासलाई अझ मजबुत बनाएको छ।”
बिपिन जोशी २०२३ अक्टोबर ७ मा हमास नेतृत्वको आक्रमणका क्रममा अन्य नौ जना नेपाली विद्यार्थीहरूसँगै इजरायलको दक्षिणी भागमा रहेको कृषि तालिम केन्द्रबाट अपहरणमा परेका थिए।
प्रतिक्रिया