२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

धादिङ बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो

धादिङ बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो

गण्डकी टाइम्स
आइतवार, फाल्गुण १० २०८२
गण्डकी टाइम्स
आइतवार, फाल्गुण १० २०८२
  • धादिङ्ग, ११ फागुन । पोखराबाट काठमाडौं आउँदै गरेको यात्रु बस त्रिशूली नदीमा खस्दा मृत्यु हुनेको संख्या १८ पुगेको छ । धादिङका एसपी सुमित खड्काले बस दुर्घटनामा १८ जनाको मृत्यु भएको पुष्टि गरे । उनले दुर्घटनामा ४ महिला र १ विदेशीको पनि मृत्यु भएको बताए । बसमा ४६ यात्रु रहेको र उद्धार कार्य जारी रहेको बताइएको छ । सेना, सशस्त्र प्रहरी र प्रहरीको टोलीले उद्धार जारी राख्दा मृतक तथा घाइतेको परिचय खुल्न बाँकी छ । बस सडकबाट ३ सय मिटर तल खसेको पाइएको छ । आज बिहान करिब १ः३० बजे ग१ख १४२१ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij