२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

आज साँझ खण्डग्रास चन्द्रग्रहण लाग्ने

आज साँझ खण्डग्रास चन्द्रग्रहण लाग्ने

गण्डकी टाइम्स
सोमवार, फाल्गुण १८ २०८२
गण्डकी टाइम्स
सोमवार, फाल्गुण १८ २०८२
  • काठमाण्डौ, १९ फागुन । आज (मंगलबार) साँझ खण्डग्रास चन्द्रग्रहण लाग्दैछ। साँझ ६ः ४ बजे चन्द्रमा उदाउँदा ग्रहणसहित उदाउने खगोलविद्हरुले बताएका छन्। यो चन्द्रग्रहण नेपालका विभिन्न भागबाट देखिने वाल्मीकि क्याम्पसका वरिष्ठ खगोलविद् प्राडा जयन्त आचार्यले जानकारी दिए। यो ग्रहण विशेष किसिमको रहने उनको भनाई छ। मंगलबार साँझ चन्द्रमा उदाउँदा नै ग्रहण लागेको अवस्थामा उदाउँने भएकोले यो ग्रहणलाई दुर्लभ मानिएको हो। काठमाडौँमा साँझ ६ः ४ बजे ग्रहणसहित चन्द्रमा उदाउने छ। चन्द्रमा क्षितिजबाट माथि आउँदै गर्दा यसको आधाभन्दा धेरै भाग पृथ्वीको कालो छायाँले ढाकिएको अवस्थामा देखिने आचार्य बताउँछन्। यो खगोलीय घटना काठमाडौँबाट करिब एक घण्टासम्म स्पष्ट रूपमा देख्न सकिने छ। यो चन्द्रग्रहण अवलोकनका लागि कुनै विशेष उपकरण वा चस्माको आवश्यकता नपर्ने खगोलविद्ले बताएका छन्। सूर्यग्रहण जस्तो चन्द्र ग्रहणबाट आँखालाई असर नगर्ने हुनाले नाङ्गो आँखाले खुला ठाउँबाट चन्द्रग्रहण हेर्न सकिने छ। यसअघि गएको भदौ २२ गते राति खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लागेको थियो। यो चन्द्रग्रहण काठमाडौँबाट साढे तीनघण्टा देखिएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij