२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

१० वर्षसम्म नचल्ने बैंक खाताको रकम राज्यले लैजाने अर्थमन्त्रीको प्रस्तावपछि बचतकर्ता त्रासमा

१० वर्षसम्म नचल्ने बैंक खाताको रकम राज्यले लैजाने अर्थमन्त्रीको प्रस्तावपछि बचतकर्ता त्रासमा

गण्डकी टाइम्स
मंगलवार, चैत्र १७ २०८२
गण्डकी टाइम्स
मंगलवार, चैत्र १७ २०८२
  • काठमाण्डौ, १७ चैत । १० वर्षसम्म कुनै कारोबार नभएका बैंक खातामा रहेको रकम राज्यकोषमा लैजाने प्रस्ताव सार्वजनिक भएपछि बचतकर्ताहरूमा त्रास र अन्योल बढेको छ। सरकारले “निष्क्रिय निक्षेप परिचालन” को नाममा यस्तो योजना अघि सारेको चर्चा बाहिरिएपछि बैंकमा बचत राख्ने सर्वसाधारण चिन्तित बनेका छन्। अर्थ मन्त्रालयमा छलफलमा रहेको भनिएको अवधारणाअनुसार लामो समयदेखि प्रयोगमा नआएका खाताको रकमलाई निष्क्रिय निक्षेप मानेर राज्यकोषमा परिचालन गर्ने प्रस्ताव गरिएको बताइएको छ। यद्यपि खातावाला वा हकवालाले प्रमाणसहित माग गरेपछि रकम फिर्ता पाउने व्यवस्था राख्ने भनिएको छ। तर प्रस्ताव सार्वजनिक भएसँगै बचतकर्ताहरूले आफ्नो पैसामाथि राज्यले हस्तक्षेप गर्न खोजेको भन्दै असन्तोष व्यक्त गर्न थालेका छन्। धेरैले बैंकमा राखिएको रकम सुरक्षित हुन्छ भन्ने विश्वास कमजोर हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। वित्तीय क्षेत्रका जानकारहरूका अनुसार यस्तो नीति लागू भएमा बैंकिङ प्रणालीप्रतिको विश्वासमा असर पर्न सक्छ। विश्वास कमजोर भएमा सर्वसाधारण बैंकमा बचत राख्नुभन्दा नगद वा अनौपचारिक माध्यम प्रयोगतर्फ आकर्षित हुन सक्ने जोखिम रहने उनीहरूको भनाइ छ। विशेषगरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि यस्तो प्रस्ताव संवेदनशील मानिएको छ। विदेशमा बसेर कमाएको पैसा सुरक्षित नरहने आशंका बढेमा रेमिट्यान्स प्रणालीमा समेत असर पर्न सक्ने चेतावनी विज्ञहरूले दिएका छन्। उता सरकार पक्ष भने बैंकहरूमा लामो समयदेखि प्रयोगमा नआएका रकमलाई अर्थतन्त्रमा चलायमान बनाउन यस्तो नीति आवश्यक भएको तर्क गर्दै आएको बताइएको छ। तर यसले कानुनी विवाद, प्रशासनिक जटिलता र सार्वजनिक असन्तोष बढ्न सक्ने भन्दै आलोचना पनि सुरु भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij