२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

अन्तरपालिका सहकार्यका लागि ६ स्थानीय तहबीच समझदारी

अन्तरपालिका सहकार्यका लागि ६ स्थानीय तहबीच समझदारी

गण्डकी टाइम्स
बिहिवार, जेठ २८ २०८३
गण्डकी टाइम्स
बिहिवार, जेठ २८ २०८३
  • गोरखा, २८ जेठ । गोरखाको सहित लखन गाउँपालिको आयोजनामा सम्पन्न अन्तरपालिका समन्वय बैठकले विभिन्न विकास तथा पर्यटन प्रवर्द्धनका योजनामा सहकार्य गर्ने निर्णय गरेको छ। गोरखा नगरपालिका, शहीद लखन गाउँपालिका, भीमसेन थापा गाउँपालिका, गण्डकी गाउँपालिका, इच्छाकामना गाउँपालिका र आबुखैरेनी गाउँपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर गरिएको हो।

    समझदारीअनुसार पालिकाहरूले रणनीतिक सडक निर्माण तथा स्तरोन्नति, धार्मिक–ऐतिहासिक तथा प्राकृतिक सम्पदाको संरक्षण र पर्यटन विकास, सीमाक्षेत्रका पुल निर्माण, पर्यटन सर्किट विस्तार तथा सेवा प्रवाह र सुशासनका क्षेत्रमा अनुभव आदानप्रदान गर्ने सहमति भएको सहित लखन गाउँपालिकाका अध्यक्ष रमेश थापा मगरले गण्डकी टाइम्सलाई जानकारी दिए।

    त्यसैगरी कृषि, पशुपालन, उद्योग, व्यापार, उद्यमशीलता विकास, स्थानीय उत्पादनको बजारीकरण, लगानी प्रवर्द्धन तथा रोजगारी सिर्जनाका कार्यक्रम संयुक्त रूपमा सञ्चालन गर्ने सहमति भएको छ। अन्तरपालिका समन्वयलाई प्रभावकारी बनाउन नियमित बैठक, अन्तरक्रिया तथा अध्ययन भ्रमण सञ्चालन गर्ने निर्णय पनि गरिएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij