२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय, काठमाडौँका १८५९ रोपनी जग्गा खाली गरिँदै

३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय, काठमाडौँका १८५९ रोपनी जग्गा खाली गरिँदै

गण्डकी टाइम्स
शुक्रवार, जेठ २९ २०८३
गण्डकी टाइम्स
शुक्रवार, जेठ २९ २०८३
  •  

    काठमाडौँ, २९ जेठ विगत ३१ वर्षअघि सिफारिस भएर पनि हालसम्म कार्यान्वयनमा आउन नसकेको “सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग” (रावल आयोग) को प्रतिवेदन, २०५२ लाई अन्ततः सरकारले कार्यान्वयनमा लैजाने भएको छ।

    मन्त्रिपरिषद्को बैठकले सो प्रतिवेदन कार्यान्वयन गर्ने सम्बन्धमा सर्वोच्च अदालतबाट सरकारको नाममा जारी भएको निर्देशनात्मक आदेशलाई शीरोधार्य गरी प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको हो।

    साथै, सर्वोच्च अदालतको उक्त आदेशलाई टेकेर देशभर रहेका सरकारी तथा सार्वजनिक जग्गाको व्यवस्थित अभिलेख (लगत) राखी त्यस्ता जग्गाको संरक्षण गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ। मन्त्रिपरिषद् बैठकले यी दुवै निर्णय तत्काल कार्यान्वयनमा लैजानका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आवश्यक निर्देशन समेत दिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij