२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

पोखरा महानगरले ल्यायो ७ अर्ब १५ करोडको बजेट

पोखरा महानगरले ल्यायो ७ अर्ब १५ करोडको बजेट

गण्डकी टाइम्स
शनिवार, आषाढ ६ २०८३
गण्डकी टाइम्स
शनिवार, आषाढ ६ २०८३
  • पोखरा, ६ असार। पोखरा महानगरपालिकाले चालु वर्षको भन्दा घटाएर बजेट ल्याएको छ। महानगरपालिकाले ७ अर्ब १५ करोड १५ लाख १७ हजार रुपैयाँको बजेट ल्याएको हो।

    उपप्रमुख मञ्जुदेवी गुरुङले आइतबार १३ औं नगरसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिन्। चालु वर्षको तुलनमा पोखराको बजेट १ अर्ब ६२ करोड ७ लाख ७३ हजार रुपैयाँले कम हो।

    बजेटको स्रोतमा संघीय सरकारबाट २ अर्ब ७६ करोड ३२ लाख रुपैयाँ प्राप्त हुने उल्लेख छ। प्रदेश सरकारबाट १० करोड २३ लाख ६२ हजार रुपैयाँ प्राप्त हुने र आन्तरिक आयबाट २ अर्ब २७ करोड ८७ लाख रुपैयाँ व्यहोर्ने उपप्रमुख गुरुङले जानकारी दिइन्।

    संघीय राजस्व फाँडफाँटबाट ३६ करोड ६२ लाख रुपैयाँ, प्रदेश राजस्व बाँडफाँटबाट ८ करोड २५ लाख रुपैयाँ, स्थानीय राजस्व बाँडफाटबाट १ अर्ब १ करोड ७५ लाख रुपैयाँ, संघीय सहरी विकास आयोजनाको अनुदानबाट ८ करोड ४० लाख ९१ हजार रुपैयाँ प्राप्त हुने अनुमान छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij