२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

रास्वपाको केन्द्रीय सदस्यमा रमेश विश्वकर्माको उम्मेदवारी

रास्वपाको केन्द्रीय सदस्यमा रमेश विश्वकर्माको उम्मेदवारी

गण्डकी टाइम्स
बुधवार, आषाढ १० २०८३
गण्डकी टाइम्स
बुधवार, आषाढ १० २०८३
  • चितवन, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि खुला दलिततर्फबाट रमेश विश्वकर्माले उम्मेदवारी दिएका छन्। उनले पार्टीभित्र समावेशी नेतृत्वलाई सुदृढ बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन्। उनी रास्वपाको संस्थापक सदस्यसमेत हुन् ।

    विश्वकर्माले आफू दलित समुदायको प्रतिनिधित्व गर्दै केन्द्रीय तहमा सशक्त आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

    उनले पार्टीको सिद्धान्तअनुसार समान अवसर, सामाजिक न्याय र समावेशी सहभागितालाई प्राथमिकता दिने उल्लेख गरेका छन्।उम्मेदवार विश्वकर्माले केन्द्रीय सदस्यमा निर्वाचित भएमा दलित समुदायका मुद्दालाई नीतिगत तहमा उठाउने, संगठन विस्तारमा सक्रिय भूमिका खेल्ने तथा पार्टीलाई थप सुदृढ बनाउन योगदान दिने बताएका छन्।

    साथै, उनले पार्टीका नेता–कार्यकर्ता तथा प्रतिनिधिहरूसँग अत्यधिक मतले विजयी गराउन अनुरोध गरेका छन्।रास्वपाको आगामी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयन प्रक्रिया चलिरहेको अवस्थामा विभिन्न समूह र क्षेत्रबाट उम्मेदवारी घोषणा भइरहेका छन्। खुला दलिततर्फ विश्वकर्माको उम्मेदवारीले प्रतिस्पर्धालाई थप रोचक बनाएको छ।उनी लामो समयदेखि सामाजिक सेवामा क्रियाशील छन् । साथै उनी पर्यटन व्यवसायीसमेत हुन् ।

    उनले नेपालमा सर्वसुलभ मूल्यमा चाइनिज खानाको संस्कृति नेपालमै विकाससमेत गरिरहेका छन् ।उनको पर्यटन विकासको योगदानको कदर गर्दै नेपाली तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले समाचार सम्प्रेषण गरिसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij