२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

गर्मी बढेपछि सबै विद्यालय ४ दिन बिदा

गर्मी बढेपछि सबै विद्यालय ४ दिन बिदा

गण्डकी टाइम्स
बुधवार, आषाढ १० २०८३
गण्डकी टाइम्स
बुधवार, आषाढ १० २०८३
  • वीरगञ्ज (पर्सा), १० असार। वीरगञ्जमा अत्यधिक गर्मी बढ्न थालेपछि यहाँका सबै विद्यालयमा चार दिनका लागि बिदा दिइएको छ । वीरगञ्ज महानगरपालिकाले आज सूचना जारी गरी बढ्दो गर्मी र अत्यधिक तापक्रम (लू) लाई मध्यनजर गर्दै महानगर क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा घोषणा गरेको हो । 

    महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले जारी गरेको सूचनामा भनिएको छ, “प्रस्तुत विषयमा बढ्दो गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै असार ११ गतेदेखि चार दिन वर्षे बिदाबाट कट्टा हुने गरी महानगरअन्तर्गतका बाल विकासदेखि कक्षा १२ सम्मका सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द रहने व्यहोरा निर्देशानुसार सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।” पछिल्लो दिनमा तराई-मधेसका जिल्लाहरूमा तापक्रम निरन्तर बढ्दै गएपछि जनजीवन प्रभावित बन्दै गएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij