२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

असार १६ र १७ गते भारी वर्षा हुने, सतर्कता अपनाउन अनुरोध

असार १६ र १७ गते भारी वर्षा हुने, सतर्कता अपनाउन अनुरोध

गण्डकी टाइम्स
आइतवार, आषाढ १४ २०८३
गण्डकी टाइम्स
आइतवार, आषाढ १४ २०८३
  • काठमाडौँ, १३ असार। जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएकोले असार १६ र १७ गते देशका अधिकांश भागमा भारी वर्षा हुने जनाएको छ। महाशाखाले मधेस, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा तथा एक दुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको जनाएको हो।

    देशका पहाडी तथा तराई क्षेत्रका धेरै र हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ। महाशाखाका अनुसार बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह क्रमशः बढ्ने भएकाले मनसुन देशका बाँकी क्षेत्रमा पनि फैलिने सम्भावना छ।

    सम्भावित वर्षाका कारण भूक्षय, बाढी, पहिरो तथा गेग्र्यान बहावको जोखिम बढ्न सक्ने, सहरी तथा तराई क्षेत्रमा डुबान हुन सक्ने, ठूलासाना नदीखोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

    महाशाखाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी आसपास निर्माण तथा सडक र हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले सर्वसाधारण तथा सम्बन्धित निकायलाई आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij