काठमाडौँ, २६ असार। त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा परी गम्भीर रूपमा जलन भएका गणेश नेपालीलाई उपचारका लागि तत्काल भारत नलगिने भएको छ।
स्वास्थ्य अवस्था अस्थिर रहेकाले अहिले स्थानान्तरण गर्दा ज्यानको थप जोखिम हुने चिकित्सकहरूको सुझावपछि सरकारले वीर अस्पतालमै उपचारलाई निरन्तरता दिएको हो।
सरकारले यसअघि एयर एम्बुलेन्ससहित भारत लैजाने सम्पूर्ण तयारी पूरा गरेको थियो भने उपचार खर्च पनि सरकारी कोषबाट व्यहोर्ने निर्णय गरेको थियो। हाल शरीरको करिब ५५ प्रतिशत भाग जलेका नेपालीको वीर अस्पतालको बर्न आईसीयूमा भेन्टिलेटरमार्फत उपचार भइरहेको छ।
प्लास्टिक सर्जरी, क्रिटिकल केयर, एनेस्थेसिया तथा नर्सिङ सेवासहित २१ सदस्यीय विशेषज्ञ टोली उनको स्वास्थ्य अवस्था स्थिर बनाउन उपचारमा खटिएको अस्पतालले जनाएको छ।