२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

मिडिया हाउस अगाडि शङ्कास्पद पार्किङ गरिएका ५ गाडी ५ सय जरिवानापछि चालकलाई जिम्मा

मिडिया हाउस अगाडि शङ्कास्पद पार्किङ गरिएका ५ गाडी ५ सय जरिवानापछि चालकलाई जिम्मा

गण्डकी टाइम्स
सोमवार, आषाढ २९ २०८३
गण्डकी टाइम्स
सोमवार, आषाढ २९ २०८३
  • काठमाडौँ, २९ असार। काठमाडौँका विभिन्न स्थानमा, विशेषगरी कान्तिपुर पब्लिकेशन, अनलाइनखबर, हिमालय टेलिभिजन, कांग्रेस सभापति गगन थापाको घर र अनामनगरस्थित भाटभटेनी सुपरमार्केट अगाडि शङ्कास्पद रूपमा पार्किङ गरिएका ५ सवारीसाधनलाई ट्राफिक प्रहरीले जरिवाना गरी सोमबार साँझ चालकको जिम्मा लगाएको छ।

    अनधिकृत रूपमा पार्किङ गरिएका ती गाडीलाई ट्राफिक प्रहरीले क्रेनमार्फत उपत्यका ट्राफिक प्रहरी कार्यालयमा ल्याएर राखेको थियो। आवश्यक कारबाही तथा जरिवाना प्रक्रिया पूरा भएपछि सबै सवारीसाधन सम्बन्धित धनी तथा चालकलाई फिर्ता गरिएको प्रहरीले जनाएको छ।

    ट्राफिक प्रहरीले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ अनुसार सार्वजनिक स्थानमा अरूलाई बाधा पुग्ने गरी पार्किङ गर्ने कसुरमा कारबाही गरेको हो। यसैबीच, पार्किङ निषेध गरिएको स्थानमा सवारी राख्ने थप ९ चालकलाई पनि जरिवाना गरिएको छ। पहिलो पटक कारबाहीमा परे ५०० रुपैयाँ, दोस्रो पटक १ हजार रुपैयाँ र तेस्रो पटक १ हजार ५०० रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

    यद्यपि, मिडिया हाउस तथा गगन थापाको घरअगाडि किन ती सवारीसाधन पार्किङ गरियो भन्ने विषय ट्राफिक प्रहरीको कार्यक्षेत्रभन्दा बाहिर रहेकाले त्यसबारे जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij