२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना: संयोजक प्रचण्ड

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना: संयोजक प्रचण्ड

गण्डकी टाइम्स
मंगलवार, श्रावण ५ २०८३
गण्डकी टाइम्स
मंगलवार, श्रावण ५ २०८३
  • जनकपुरधाम, ५ साउन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन् ।

    जनकपुरधाम विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्नुहुँदै संयोजक प्रचण्डले आफ्नो पार्टी र नेकपा (एमाले)सँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको उल्लेख गरे । तीन दलबीचको समझदारी अझै अन्तिम निष्कर्षमा नपुगेको बताउदै संयोजक प्रचण्डले प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा नेपाली कांग्रेससँग पनि छलफल भइरहेको बताए । 

    नेकपाको मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन जनकपुरधाम पुगेका संयोजक प्रचण्डले पार्टीको प्रशिक्षण र सङ्गठन सुदृढीकरणलाई प्राथमिकताका साथ अघि बढाइने उल्लेख गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij