काठमाडौँ, २६ साउन। सिंहदरबारमा संसदीय मामिलाका पत्रकारहरूसँगको संवादमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल राष्ट्रनै नरहे अधिकारको केही अर्थ नहुने बताएका छन्।
‘राष्ट्र रहेन भने अधिकारको अर्थ हुँदैन’ भन्दै प्रचण्डले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, गणतन्त्र, संविधान र समावेशिताको रक्षाका लागि राजनीतिक दल, पत्रकार र सचेत नागरिकबीच व्यापक सहकार्य आवश्यक रहेको बताए।
‘राष्ट्रै अप्ठ्यारामा परेपछि हामी सबैको अधिकारको के अर्थ हुन्छ र?’ भन्दै उनले राष्ट्रिय एकता र लोकतान्त्रिक सहकार्यबाट देश पुनः सही दिशामा फर्कने विश्वास व्यक्त गरे।