२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

पत्रकार किशोर श्रेष्ठ पक्राउ

पत्रकार किशोर श्रेष्ठ पक्राउ

गण्डकी टाइम्स
बुधवार, श्रावण २७ २०८३
गण्डकी टाइम्स
बुधवार, श्रावण २७ २०८३
  • काठमाडौँ, २७ साउन। पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्। उनलाई ललितपुरस्थित निवास नजिकबाट प्रहरीले पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिए।

    श्रेष्ठलाई वैयक्तिक गोपनीयता हननसम्बन्धी कसूरमा उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ प्रहरी परिसरको संयुक्त टोलीले पक्राउ गरेको हो। उनीविरुद्ध काठमाडौँ प्रहरी परिसरले अदालतबाट पक्राउ पूर्जी लिएको थियो।

    श्रेष्ठ जनआस्था साप्ताहिक र जनआस्था डट्कमका सञ्चालक तथा सम्पादक हुन्। उनी प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्ष हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij