२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

प्रतिनिधिसभाको बैठक आज, प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिने

प्रतिनिधिसभाको बैठक आज, प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिने

गण्डकी टाइम्स
बुधवार, भाद्र १० २०८३
गण्डकी टाइम्स
बुधवार, भाद्र १० २०८३
  • काठमाडौं, १० भदौ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।

    प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ अनुसार सांसदहरूले प्रधानमन्त्रीसमक्ष राखेका प्रश्नको जवाफ दिने कार्यसूची आजको बैठकमा समावेश गरिएको छ । बैठकमा सांसदहरूले सरकारको नीति, कामकारबाही, समसामयिक विषय तथा जनसरोकारसँग सम्बन्धित विषयमा उठाएका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

    प्रधानमन्त्री शाहले सांसदका प्रश्नको जवाफ दिने कार्यक्रमलाई आजको बैठकको प्रमुख विषयका रूपमा हेरिएको छ । नेपालको सिमा बारे प्रधानमन्त्रीले गत संसदमा दिएको अभिव्यक्तिका कारण आजको संसदमा प्रधानमन्त्रीको प्रत्यक्ष सम्बादलाई महत्वको साथ हेरिएको छ। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij