काठमाडौँ, १० भदौ। भोटेकोशी नदीमा आएको बाढीले रसुवा भन्सार कार्यालयमा कार्यरत ४० मध्ये १४ जना कर्मचारी सम्पर्कविहीन छन्।
भन्सार विभागका अधिकारीहरूले काठमाडौंबाट निरन्तर सम्पर्क गर्दा ४० जनामध्ये २६ जना सम्पर्कमा आएको बताए। सम्पर्कविहीन रहेका बाँकी कर्मचारीको खोजी जारी रहेको विभागले जनाएको छ।