२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

दलीय स्वार्थभन्दा माथि उठेर विपद् प्रतिकार्यमा जुट्न सभापति लामिछानेको आह्वान

दलीय स्वार्थभन्दा माथि उठेर विपद् प्रतिकार्यमा जुट्न सभापति लामिछानेको आह्वान

गण्डकी टाइम्स
बुधवार, भाद्र १० २०८३
गण्डकी टाइम्स
बुधवार, भाद्र १० २०८३
  • काठमाडौँ, १० भदौ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकमा आइपर्ने प्राकृतिक विपद्को सामना गर्न सबै राजनीतिक दलहरूलाई दलीय स्वार्थ र झण्डाभन्दा माथि उठेर एकीकृत रूपमा राहत तथा उद्धारमा जुट्न आह्वान गरेका छन्।

    बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सभापति लामिछानेले राजनीतिक दलहरूसँग भएका उद्धार तथा राहत कार्यमा दक्ष र तालिमप्राप्त जनशक्तिलाई सरकारी निकाय र स्थानीय प्रशासनसँग समन्वय गरी परिचालन गर्नुपर्नेमा जोड दिएका हुन्।

    उनले विपद्को समयमा कुनै राजनीतिक दलको झण्डा नभई देशको झण्डा बोकेर नागरिकको सेवामा समर्पित हुन सबैमा अपिल गरे।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij