२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

भोटेकोसी बाढीमा ज्यान गुमाउनेको संख्या ५५३ पुग्यो

भोटेकोसी बाढीमा ज्यान गुमाउनेको संख्या ५५३ पुग्यो

गण्डकी टाइम्स
शुक्रवार, भाद्र १२ २०८३
गण्डकी टाइम्स
शुक्रवार, भाद्र १२ २०८३
  • काठमाडौँ, १२ भदौ। भोटेकोसीमा आएको बाढीले बगाउँदा ज्यान गुमाउनेको संख्या ५५३ पुगेको छ।

    शुक्रबार साँझ ५ बजेसम्म नदी किनारमा ५५३ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, सबैभन्दा बढी चितवनमा २२२ जनाको शव भेटिएको छ। 

    यसैगरी, रसुवामा १३, धादिङमा ४०, गोरखामा ४७, नवलपरासी पूर्वमा १३४, नुवाकोटमा ३८, तनहुँमा ३१ र नवलपरासी पश्चिममा २८ जनाको शव भेटिएको हो। 

    बाढीमा २७ जना प्रहरी सम्पर्कविहीन बनेका छन्। एक जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। पछिल्लो दिनमा एक हजार ४७३ जनाको उद्धार गरिएको छ। उनीहरूमध्ये घाइते ९७ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भएको प्रहरीले जनाएको छ। 


     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij