२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

भोटेकोशी बाढीपीडितका लागि पर्यटन व्यवसायी सापकोटाले गरे ३ लाख ५० हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि पर्यटन व्यवसायी सापकोटाले गरे ३ लाख ५० हजार सहयोग

गण्डकी टाइम्स
शुक्रवार, भाद्र १२ २०८३
गण्डकी टाइम्स
शुक्रवार, भाद्र १२ २०८३
  • काठमाडौँ, १२ भदौ। भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि पर्यटन व्यवसायी रामप्रसाद सापकोटाले ३ लाख ५० हजार रुपैयाँ सहयोग गरेका छन्। सापकोटाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको गण्डकी टाइम्ससंग बताए । 

    प्राकृतिक विपत्तिमा परेका नागरिकलाई आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने भन्दै उनले विपत्तिमा परेकाहरूलाई साथ दिनु नै मानवताको धर्म भएको समेत बताएका छन्।

    सापकोटाले राज्यको सहयोग पुग्न नसकेर कुनै व्यक्ति वा परिवार संकटमा परेको जानकारी पाएमा आफूलाई सम्पर्क गर्नसमेत आग्रह गरेका छन्। सापकोटाले प्राकृतिक विपत्तिको समयमा सबैलाई आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न अपिल गर्दै भनेका छन्, “दुःखमा साथ दिनु नै मानवता हो। आउनुहोस्, विपत्तिमा परेकाहरूको हात समातौँ।”

    ramdonner.png
    undefine

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij