२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

सशस्त्र प्रहरी बलमा ६६६ जनाका लागि भर्ना खुल्यो

सशस्त्र प्रहरी बलमा ६६६ जनाका लागि भर्ना खुल्यो

गण्डकी टाइम्स
शुक्रवार, भाद्र २६ २०८३
गण्डकी टाइम्स
शुक्रवार, भाद्र २६ २०८३
  • काठमाडौँ, २६ भदौ  सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) ले साधारण समूहतर्फ रिक्त रहेका विभिन्न पदहरूमा खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि नयाँ भर्ना आह्वान गरेको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालय, मानवश्रोत विभाग, हलचोकले शुक्रबार एक सूचना जारी गर्दै जवान र विभिन्न ट्रेडका परिचर गरी कुल ६६६ पदका लागि दरखास्त माग गरेको हो।

    सूचना अनुसार कुल पदमध्ये सशस्त्र प्रहरी जवान पदका लागि मात्रै ६०४ जना माग गरिएको छ। जसमा खुलातर्फ ३२६ जना, आदिवासी/जनजातितर्फ ८५, मधेसीतर्फ ७४, महिलातर्फ ५३, दलिततर्फ ४०, पिछडिएको क्षेत्रतर्फ १४ र अमर तथा अशक्त सशस्त्र प्रहरी कर्मचारीका सन्ततिका लागि १२ सिट सुरक्षित गरिएको छ।

    त्यसैगरी साधारण उपसमूहतर्फ विभिन्न ६ वटा ट्रेडका ६२ जना सशस्त्र प्रहरी परिचरका लागि पनि आवेदन खुलाइएको छ। जसअन्तर्गत भान्छेतर्फ ३८ जना, कूचिकारतर्फ ८ जना, केशकर्तकतर्फ ७ जना, सूचिकारतर्फ ६ जना, चर्मकर्मीतर्फ २ जना र माली पदका लागि १ जनाको माग गरिएको छ। यी पदहरूमा पनि खुला र समावेशी कोटा निर्धारण गरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij