काठमाडौँ, ७ असोज। परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस. जयशंकरबीच अमेरिकाको न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा बुधबार दुवै नेताबीच शिष्टाचार भेटवार्ता भएको हो ।
भेटका क्रममा परराष्ट्रमन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी बाढीपछिको कठिन परिस्थितिमा भारत सरकार र भारतीय जनताले दर्शाएको ऐक्यबद्धता एवं तत्काल उपलब्ध गराएको उद्धार तथा राहत सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गरे ।