काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई राति ३ बजे बिदाको दिन पक्राउ गरिएपछि घटनाको समय र प्रक्रियालाई लिएर प्रश्न उठेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी भएर नेपाल फर्किएको केही घण्टामै राणालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरी स्रोतका अनुसार राणालाई नियन्त्रणमा लिने निर्णय राजनीतिक तहबाट भएको थियो। यद्यपि, प्रहरी अधिकारीहरूले भने उनलाई सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राखेर नियन्त्रणमा लिइएको बताएका छन्।
यसअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकमाथि पनि मध्यरातमा पक्राउ गरिएको थियो। राणालाई मध्यरातमा र त्यो पनि बिदाको दिन नियन्त्रणमा लिइएको विषयले भने घटनाको पृष्ठभूमि, निर्णय प्रक्रिया र कानुनी आधारबारे थप चासो बढाएको छ।