२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

मेरा लागि ठाउँ छाड्न एक दर्जन सांसद तयार छन् : वामदेव गौतम

मेरा लागि ठाउँ छाड्न एक दर्जन सांसद तयार छन् : वामदेव गौतम

गण्डकी टाइम्स
आइतवार, श्रावण २० २०७५
गण्डकी टाइम्स
आइतवार, श्रावण २० २०७५
  • देशैभरी वाम लहर चल्दा चुनाव हारेका नेकपा नेता वामदेव गौतम उपचुनावको जस्केलाबाट संसद् छिर्ने रणनीतिमा लागेका छन् । ०६४ मा संविधानसभाको चुनाव हार्दा पनि गौतमलाई उपप्रधान तथा गृहमन्त्री बन्ने सौभाग्य प्राप्त भएको थियो । वामदेव गौतम फेरि किन संसद् छिर्न खोज्दैछन्  ?  यसै  बिसयमा नेकपा नेता गौतमको संक्षिप्त अन्तर्वार्ता  यहा  प्रस्तुत  छ  :   पार्टीले देशभर चुनाव जित्दा तपाईले हार्नुभयो । चुनावको ६ महिनामै संसद आउने योजना बनेको हो ? म हारेको होइन । सूर्य वा हँसिया हतौडामा मतदान गर्दा झुक्किएर ५ हजार मत बदर भए । त्यसैले प्राविधिक रुपमा कांग्रेसका संजय गौतमले जिते । डोल्पाका सांसदलाई राजीनामा गर्न राजी गराउनु भयो ? डोल्पा निश्चित भइसकेको छैन । मेरा लागि ठाउँ छाड्न एक दर्जन सांसद तयार छन् । तपाईं संसदमा नगई नहुने किन ? संसद्लाई दिशा दिन सक्ने, सबैलाई मिलाएर हिँड्ने मजस्तो नेता को छ ? म ०५६ र ०६४ मा संसद् भईनँ । ती संसद् असफल भए । म भएका बेला ०४८, ०५१ र ०७० मा सफल भए । ०७० मा कांग्रेस एमाले, कांग्रेस र माओवादीलाई एक ठाउँमा ल्याएर संविधान बनाउन भूमिका खेलेँ । तपाईं संसद आउने प्रधानमन्त्री बन्न हो ? म प्रधानमन्त्री र अध्यक्ष बन्न हुँदैन भन्ने कहीँ छ ? मेरा सबै समकक्षी प्रधानमन्त्री भइसके । प्रचण्डले संसदमै मैले अझै एकजनालाई प्रधानमन्त्री प्रस्ताव गर्न बाँकी छ भन्नुभयो । केपी कमरेडले कयौं पटक अब बामदेवको पालो भन्नुभएको छ । तर, यो पाँच वर्ष सम्भावना छैन् । एउटै प्रधानमन्त्रीले पूरै कार्यकाल चलाउने तय भइसकेको छ । नेकपाभित्र प्रचण्ड र वामदेवको गुट बनिसकेको हो ? अहिले केपी कमरेड र प्रचण्डको जस्तो दोस्ती अरु कसैको छैन । माधवजी दुबैलाई खुसी बनाएर खुसी हुनुहुन्छ । सबैलाई थाहा छ, म गुटबन्दी गर्दिन । प्रचण्डसँग पुरानो दास्ती हो, पार्टी एकतापछि गाढा भयो । पूर्वएमालेसँग दोस्ती छँदैछ । साभार : नेपाल साप्ताहिक

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij