२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

राज्य कोष खाएर बस्ने अनी मजदुरको झोला खोस्ने : रेखा थापा

राज्य कोष खाएर बस्ने अनी मजदुरको झोला खोस्ने : रेखा थापा

गण्डकी टाइम्स
मंगलवार, माघ २९ २०७५
गण्डकी टाइम्स
मंगलवार, माघ २९ २०७५
  • काठमाडौं । चर्चित अभिनेत्री रेखा थापाले सामाजिक सञ्जाल फेसबुक मार्फत सरकार विरुद्ध कडा प्रतिकृया जनाएकी छिन । सरकारले पछिल्लो समय विदेशबाट हवाइ यात्रुले ल्याउने सामानमा कडाइ गर्न थालेको छ । धेरै समय अगाडि नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिएका मालवस्तुमा पूर्ण वा आंशिक रूपमा भन्सार महसुल छुट दिन सक्ने प्रावधानको कार्यान्वयनमा सरकार उत्रेको हो । अहिले सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले सरकारले राजश्व उठाउने नाममा गरिब जनताको पेटमा लात हानेको ब्याख्या गर्न थालेका छन । यसैं सन्दर्भमा नायिका थापाले पनि आफ्नो प्रतिकृया जनाएकी छिन । उनले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै सरकारी कदमको विरोध जनाएकी हुन । थापाको स्टाटस दुबइ, कतार, मलेशिया लगायत देशमा हाम्रा दाइभाइ पसिना बगाइरहेका आफ्नै आँखाले देखेको छु । ती श्रम क्याम्पमा बस्दा हुने अनुभुती नजिकबाट सुनेकिछु । जब बर्ष हरुपछी घर फर्किने सुखत दीन आउछ, आफन्त र घररिवारको लागि खुशीको स साना उपहार लिएर फर्कन चाहनु स्वाभाबिक हो । दुइटा फोन ,एइटा टि।भी वा त्यस्तै अरु सामान । निर्धा जनताले मिटर ब्याज तिरेर पराइ देश जान परेकोमा दया नभएको सरकार उनिहरुको कमाइले किनेको नासो देखेर यत्ती जलेको किन होलारु तिनै युवाको पसिनाको रेमिट्यान्स बाट चलेको देशमा उनिहरुको आगमनमा लुट मच्चाउन किन परेको छ रु सक्नेले र हुनेले क्विन्टल सुन छिराउने एयर्पोर्टको काहानी जनताले थाहा पाएका छन( । यिनै मजदुर बेचिखाने ब्रोकर, तिनैको पैसा माग्ने समाजसेवा, तिनैको नाममा राजनीति, अनी उनिहरुको कमाइको नासो किन खोस्दैछ सरकाररु के परिवारको लागि चिनो ल्याउनु अपराध होरु मेरो बिचारमा यो श्रमिक माथि शोषन र अत्याचार हो । जाने बेला रुदै र फर्कने बेला पनि रुवाउने सरकारका यस्ता श्रमिकमारा कदम बिरुद्दको आवाज उठाउनु पर्छ । हाम्रा श्रमिक दाइभाइ यो देशका गौरब हुन र उनिहरुको असम्मान गर्ने अधिकार कसैलाई छैन । यो बन्द गरिएन भने( म एल्लो किन नहोस् एयर्पोर्ट अगाडि बिरोध गर्न जान तयार छु । आफु अरबौका सुबिधा लिने ,कर र भाडा तिर्नु नपर्ने, राज्य कोष खाएर बस्ने अनी मजदुरको झोला खोस्ने  

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij