र्यापर भीटेन पक्राउ
र्यापर भीटेन पक्राउ
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौँ, ७ कार्तिक । चर्चित र्यापर भिटेन पक्राउ परेका छन् । बिहीबार उनलाई जाउलाखेलबाट पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ।
भिटेनको चुरोट, कथा, हालखबर, सिमसिमे पानी, लाहुरेको फेसन जस्ता र्यापहरु नेपाली युवापुस्ता माझ निकै चर्चित छन् । उनी भिटेन भनेर चिनिए पनि उनको नाम समिर घिसिङ हो ।
उनले पछिल्लो समय ‘हामीयस्तै त हो नि ब्रो’ भन्ने गीत निकालेका थिए। जुन निकै चर्चित बनेको थियो । सोही गीतमा भएका शब्दहरुमा आपत्ति जनाउँदै भिटेनलाई पक्राउ गरिएको महाशाखाले जानकारी दिएको छ।
उनीमाथि कानून अनुसार अनुसन्धान हुने महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिएका छन्।
प्रतिक्रिया