२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

दोश्रो ताकुकोट न्वागी महोत्सव सम्पन्न

दोश्रो ताकुकोट न्वागी महोत्सव सम्पन्न

गण्डकी टाइम्स
सोमवार, मंसिर ९ २०७६
गण्डकी टाइम्स
सोमवार, मंसिर ९ २०७६
  • धिरज उपरकोटी गोरखा (ताकुकोट), ९ मंसिर । "कृषि, पर्यटन र संस्कृति: समृद्ध ताकुकोटको आधार" भन्ने मूल नाराको साथ दोस्रो ताकुकोट न्वागी महोत्सव सम्पन्न भएको छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नं ६ ताकुकोटको माईभगवती मन्दिर परिसरमा दोस्रो ताकुकोट महोत्सव सम्पन्न भएको हो। मंसिर ७ र ८ गते गरि दुई दिनसम्म चलेको महोत्वसमा विभिन्न झाकी तथा स्थानीय पहिचान झल्कने कलासंस्कृति प्रस्तुत गरिएको थियो । महोत्वस जनगायक जीवन शर्माले झरनाको चिसो पानी, सिमली छायाँ बसि भरिया लामो सास फेरेको..., लगायतको गितले रात्रीकालिन माहोल तातेको थियो। चर्चित हास्यकलाकार चर्चित लोकगायक संजय गुरुङले दरौदिको पानीले हुर्किएको म ...मायाले दिएको सिरमला ., गायक पृथ्वी गुरुङ, हेमन्त आले, पवन गुरुङको प्रस्तुतिले सबै लठ्ठीएको थिए । गायिकाहरु सुनिला गुरुङ, बेलिमाया गोर्खाली, सुमित्रा लामा लगायतको राष्ट्रिय कलाकारहरुको भव्य प्रस्तुतिमा महोत्सव को भव्यताका देखिन्थ्यो । चर्चित मोडल रमा न्यौपानेको एक खुट्टाको नृत्यले सबैलाई अच्चमित पारेको थियो। दिपक विश्वकर्मा को सारङ्गी धुन सॅगै कालापानी र लिपुलेखको ब्यथाले दर्शकको रौ सिरिङ्ग बनाएको थियो। स्थानिय कला संस्कृति र नृत्य, पञ्चे बाजाको रौनक बिशेष खालको थियो। गोरखा-ताकुकोट सेवा समाज र श्री माईभगवती मन्दिर संरक्षण तथा सम्बर्धन समितिको संयुक्त आयोजनामा दोश्रो ताकुकोट न्वागी महोत्सव- २०७६ सम्पन भएको हो। सहआयोजक रुपमा ५ नं वडा कार्यालय ताकु माझ लाकुरिबोट, समृद्ध ताकु युवा समाज काठमाडौं, दीपशिखा/पुष्पाञ्जलि युवा क्लब ताकुकोट, ताकुकोट नेवार समाज गुठी साथै अन्य क्लव र संघसंस्था रहेका छन् । महोत्सव उद्घाटन गर्दै गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले बारपाक-सुलिकोट गाउँपालिकाको बिकासमा आफुले बिशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रममा गाँउपालिका अध्यक्ष बिष्णु भट्ट, प्रदेश नं ३ सामाजिक बिकास मन्त्रालयका निमित्त सचिव दिपेन्द्र सुवेदी, गाउँपालिका उपाध्यक्ष सनमाया गुरुङ, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शिव बहादुर गुरुङ, गोरखा ताकुकोट सेवा समाजका अध्यक्ष रेशमलाल श्रेष्ठ लगायतको बिशेष उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता बारपाक सुलीकोट गापा वडा नं ६ का वडाध्यक्ष बाबुलाल गुरुङले गरेका थिए ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij