२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

शनिवार यमरी पुन्ही फुड फेस्टिवल

शनिवार यमरी पुन्ही फुड फेस्टिवल

गण्डकी टाइम्स
शुक्रवार, मंसिर २० २०७६
गण्डकी टाइम्स
शुक्रवार, मंसिर २० २०७६
  • काठमाडाैं, २० मंसिर । काठमाडाैं उपत्यका भित्र नेवारी समुदायको बिशेष परिकारको रुपमा मानिने यमरीको संरक्षण र प्रबद्र्धन गर्ने उदेश्यका साथ शनिवार यःमरी पुन्ही फुड फेस्टिवल आयोजना हुने भएको छ । नेवारी समुदायमा एक शताब्दीको इतिहास रचेको परिकार यमरीका बिभिन्न स्वादहरुको तिर्सना मेटाउन पर्यटन क्षेत्रमा क्रियाशिल पर्यटन बिद्यार्थी मञ्च–नेपालले एक दिने यमरी पुन्ही फेस्टिवल ११४० को आयोजना गरेका हुन् । पछिल्लो समय समुदायबाट लोप हुदै गएका र खानामा आफ्नै मौलिक पहिचान बनाएका नेवारी परिकारहरुलाई जर्गेना गर्न र नयाँ पुस्ताहरुलाई स्वाद चखाउन आफुहरुले यमरी पुन्ही फेस्टिवल ११४० को आयोजना गरेको पर्यटन बिद्यार्थी मञ्च–नेपालका अध्यक्ष अभिषेक अर्यालले बताए । शताब्दी इतिहास बोकेको यमरी तथा नेवारी परिकारको संरक्षण,नयाँ पुस्तामा हस्तान्तरण र समाजमा सकारात्मक प्रभाव पार्ने फुड फेस्टिवल कार्यक्रमकी संयोजक एबम मञ्चकी सचिव बिजिता शाक्यले बताईन । पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने उदेश्यले उक्त कार्यक्रम काठमाण्डौ स्थित सेतो मछिन्द्रनाथ मन्दिर परिसर, केल टोल जनवहाल– असनमा मंसिर २१ गते (शनिबार) बिहान ११ बजे देखि बेलुकी ६ बजेसम्म चल्ने र बिदेशी सहभागीहरुलाई यमरी बनाउन सिकाईने उनले जानकारी दिईन । शनिवार हुने उक्त कार्यक्रमलाई पर्यटनसंग आबद्ध बिभिन्न संघसस्थाहरुले सहयोग र सहकार्य गरेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij