पर्यटन बोर्डले पायो नयाँ सीईओ, को हुन् डा. रेग्मी ?
पर्यटन बोर्डले पायो नयाँ सीईओ, को हुन् डा. रेग्मी ?
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, १४ माघ । नेपाल पर्यटन बोर्ड नयाँ प्रमुख कार्यकारी अधिकृत (सीइओ) पाएको छ । बोर्डले नयाँ सीइओको रुपमा डा. धनञ्जय रेग्मीलाई पाएको हो ।
मंगलबार बोर्डका अध्यक्ष समेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीसहित बसेको बैठकले रेग्मीलाई सीईओका लागि छनोट गरेको हो।
निवर्तमान दीपकराज जोशीको कार्यकाल सकिएपछि गत मंसिर १८ गते विज्ञापन खुलाइएको थियो । विज्ञापनपछि १७ जनाले आवेदन दिएका थिए । त्यसमध्ये उपसमितिले काशीराज भण्डारी, दीपक बस्ताकोटी, दीपकराज जोशी, डा. धनञ्जय रेग्मी, नवीन पोखरेल, बच्चुनारायण श्रेष्ठ, रोहिनीप्रसाद खनाल, सन्तोषविक्रम थापा र हिकमत सिंह ऐरको नाम छनोट गरेको थियो।
त्यसमा पनि अन्तिम तीन जना छनाेट भएकामा तीमध्येबाट रेग्मी नै छानिएका हुन् ।
को हुन् डा. रेग्मी ?
सन् १९७५ स्याङ्जामा जन्मिएका डा. रेग्मी नेपालको पर्यटन क्षेत्रमा काम गरिरहेका छन् । डा. रेग्मीले सन् २००६ मा जापानको सापोरो स्थित होकाइदियो विश्वविद्यालयबाट ‘माउन्टेन इन्भारोमेन्टल जिओ साइन्स एण्ड जिओलोजिकल’ विषयमा विद्यावारिधि गरेका छन्।
नेपालमा भने रेग्मी हाल त्रिभुवन विश्वविद्यालयअन्तर्गत भूगोल तथा वातावरण केन्द्रीय विभागमा सहायक प्रोफेसर र नेपाल भूगोल समाजका अध्यक्षका रुपमा काम गरिरहेका छन् । उनी हिमालयन रिसर्च एक्सपिडिसन र हिमालयन अनुसन्धान केन्द्रका अध्यक्ष हुन् ।
प्रतिक्रिया