२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

भ्रमण वर्षको पहिलो महीनामै घट्यो पर्यटक आगमन

भ्रमण वर्षको पहिलो महीनामै घट्यो पर्यटक आगमन

गण्डकी टाइम्स
सोमवार, माघ २७ २०७६
गण्डकी टाइम्स
सोमवार, माघ २७ २०७६
  • काठमाडौं, २८ माघ । नेपाल भ्रमण वर्षको शुरूआती महीनामै पर्यटन आगमन खस्किएको छ । अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०२० को जनवरीमा ७९ हजार ६८६ पर्यटक नेपाल आए, जुन सन् २०१९ को जनवरीभन्दा २ प्रतिशतले कम हो । गतवर्ष जनवरीमा ८१ हजार २७३ पर्यटकले नेपाल भ्रमण गरेका थिए । भारत, अन्य एशियाली मुलुक, यूरोप, अमेरिकाबाट कम पर्यटक नेपाल आउँदा समग्र पर्यटक आगमनमा कमी आएको हो । तर, जनवरीमा चीनबाट आउने पर्यटकको संख्यामा सामान्य वृद्धि देखिएको छ । विभागका अनुसार चीनबाट १३ हजार ३०३ पर्यटक यस जनवरीमा नेपाल आए, जुन गतवर्षको सोही महीनामा १२ हजार ९१६ थियो । पर्यटन व्यवसायीहरूका अनुसार जनवरीमै आगमन घटनु भ्रमण वर्षका लागि सुखद लक्षण होइन । उनीहरूका अनुसार चीनबाट फैलिएको कोरोना भाइरस संक्रमणको प्रभाव नेपालमा फेब्रुअरीबाट देखिनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij