२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

कोरोना प्रभाव : नेपाल भ्रमण वर्षको प्रचार स्थगित

कोरोना प्रभाव : नेपाल भ्रमण वर्षको प्रचार स्थगित

गण्डकी टाइम्स
शनिवार, फाल्गुण १७ २०७६
गण्डकी टाइम्स
शनिवार, फाल्गुण १७ २०७६
  • काठमाडौं, १७ फागुन । सरकारले विदेशमा नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसारका कार्यक्रम स्थगित गरेको छ । चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका धेरै देशहरु प्रभावित भएकोले सरकारले भ्रमण वर्षकाे प्रचारप्रसारका कार्यक्रम तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले समय अनुकुल नहुँदासम्म विदेशमा हुने कार्यक्रम स्थगित गर्ने निर्णय भएको बताएका हुन् । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा उनले भने, ‘अब विदेशमा हुने पर्यटन प्रचारप्रसारका कामलाई केही समय स्थगन गर्दै हामी देशभित्रको पर्यटन प्रवर्द्धनको काममा बढी केन्द्रीत हुन्छौं ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij